बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन पारी वैदेशिक रोजगारीमा क्रोएशिया पठाउने भनी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–३ घर भइ हाल ललितपुरको सानेपा बस्ने २७ वर्षीय चन्दन कुमार जैसवाल रहेका छन्।
जैसवालले पीडितहरूबाट ५ लाख ८४ हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपतयका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पचली भैरवबाट साउन ४ गते पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
96
Shares

प्रतिक्रिया