ad ad

समाज


स्वास्थ्य प्रणाली सुधार्न मन्त्री पौडेलले मागे सुझाव

स्वास्थ्य प्रणाली सुधार्न मन्त्री पौडेलले मागे सुझाव

नेपालखबर
साउन ६, २०८१ आइतबार १९:२२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिन सार्वजनिकरूपमा आह्वान गरेका छन्। 

स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै उनले सुझाव माग गरेका हुन्।

समग्र स्वास्थ्य प्रणालीभित्र रहेका प्रमुख समस्याहरू केके हुन्, ती समस्याका सूचीभित्र पनि प्राथमिकताका विषय केके हुन् र तिनको समाधान कसरी गर्ने भन्ने प्रश्नमा केन्द्रित रही रचनात्मक सुझाव दिन उनले आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन्। ती समस्याको एकएक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिहरूको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो छ। यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रूपमा विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्छ। ती योजनाहरू निर्माण गर्न, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न आवश्यक छ। यसका लागि, स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्नेछौँ।’

सुझाजहरू इमेल र ह्वाट्सएपमा दिन सकिने उनले लेखेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .