ad ad

समाज


कोरोनाभाइरसका लागि २० भन्दाबढी भ्याक्सिन तयार हुँदैः विश्व स्वास्थ्य संगठन

कोरोनाभाइरसका लागि २० भन्दाबढी भ्याक्सिन तयार हुँदैः विश्व स्वास्थ्य संगठन

नेपालखबर
फागुन १७, २०७६ शनिबार ७:५१,

विश्वभर २० भन्दाबढी भ्याक्सिन तयार भइरहेको डब्लूएचओका महा–निर्देशक टेडरोस एड्हेनम गेब्रियसुसले शुक्रबार जेनेभास्थित संगठनको मुख्यालय बताए।

टेडरोसले भने,‘विश्वभर २० भन्दाबढी भ्याक्सिन तयार भइरहेका छन्। हामीले भ्याक्सिनको पहिलो परिणाम एक हप्तामै देख्नेछौं।’

हाल अमेरिकामा केही भ्याक्सिनहरु मानवमा परिक्षण थालिएको र त्यसले सकारात्मक परिणाम दिइरहेको अमेरिकाले बताएको थियो।

चीनले आफूहरुको उपचारले कोरोना नियन्त्रणमा उल्लेख्य प्रगति देखिएको बताएको थियो। चीनको एक अनुसन्धानले भने २ महिनामा चीनमा कोरोना नियन्त्रण हुने दाबी गरेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगकका अनुसार शनिबार बिहानसम्मको तथ्यांकअनुसार हालसम्म विश्वमा ८५ हजार १७८ जना कोरोनाबाट संक्रमित छन्। तीमध्ये २ हजार ९२३ को मृत्यु भइसक्दा ३९ हजार ३३२ उपचारपछि स्वस्थ्य बनेका छन्।

यीमध्ये चीनमा मात्र संक्रमितको संख्या ७९ हजार २५१ छ। त्यहाँ मृतकको संख्या २ हजार ८३५ पुगेको छ। सीएनएन

Image result for corona vaccine

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .