सिमलताल पहिरोमा परी बेपत्ता भएका दुई व्यक्तिको शव भारतीय भूमिमा भेटिएको छ। भारतको चम्पारण नगाहस्थित नारायणी नदीमा बिहीबार राति साढे ९ बजेको समयमा २ वटा शव फेला परेको हो।
बीओपी, त्रिवेणी, नेपाल प्रहरी र स्थानीय प्रतिनिधिहरूको टोली पुगेर एउटा शव ल्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार, अर्को शव आउन बाँकी छ।
यो सँगै अहिलेसम्म २३ वटा शव फेला परेको छ। जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ।
फेला परेकामध्ये ८ पुरुष र १ महिलाको शव सनाखत हुन बाँकी छ।
3.3k
Shares
प्रतिक्रिया