ad ad

कला


फ्राइडे रिलिज: हलमा लागे तीन विदेशी फिल्म

फ्राइडे रिलिज: हलमा लागे तीन विदेशी फिल्म

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १२:५३, काठमाडौँ

 आज शुक्रबार नेपाली सिनेमाहलमा तीन नयाँ फिल्महरु प्रदर्शन भएका छन्। कुनै पनि नयाँ नेपाली फिल्म रिलिज नहुँदा आज विदेशी फिल्म मात्रै रिलिज भएका हुन्। 

बलिउड फिल्म ‘ब्याड न्युज’ सहित हलिउड फिल्म ‘ट्वीस्टर्स’ र जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ हलमा लागेका छन्। 

पीजी सर्टिफिकेट पाएको ‘ब्याड न्युज’ कमेडी र रोमान्स जनराको फिल्म हो। आनन्द तिवारीको निर्देशन रहेको फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराक मुख्य भूमिकामा छन्। 

हलिउड फिल्म ‘ट्वीस्टर्स’ मा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकाको अभिनय रहेको छ। एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई ली आइज्याक चुङले निर्देशन गरेका हुन्। यस फिल्मले सामुन्द्रिक आँधी आउने बाटोमा फरेका पात्रको कथा भन्छ। 

जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ लाई सुनसुके इसिहाराले निर्देशन गरेका हुन्। पीजी सर्टिफिकेट पाएको यस फिल्मले कोनन र किड द फ्यान्टम चोरबीको टकरावको कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .