ad ad

समाज


पुरानो मेडिकल कलेजको तीन तलामाथिबाट खसे बिरामी

पुरानो मेडिकल कलेजको तीन तलामाथिबाट खसे बिरामी

नेपालखबर
साउन ३, २०८१ बिहिबार १३:३६, चितवन

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको तीन तला माथिबाट खस्दा एक बिरामीको मृत्यु भएको छ। 

आज बिहान पौने ११ बजे मेडिकल कलेजको तीन तलामाथिको झ्यालबाट खसेर नवलपरासी घर भएका दृष्टिविहीन वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक डीएसपी भेषराज रिजालले जानकारी दिए। 

मृत्यु हुनेमा ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन्। 

‘मुत्रथैलीको क्यान्सरको उपचार गर्न आएका वृद्धको अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको खबर आएको छ,’ डीएसपी रिजालले भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकका आफन्त पनि घटनास्थलमै छन्।’

उनले वृद्ध कसरी झ्यालबाट खसे खुल्न बाँकी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .