ad ad

समाज


सिनासको ‘हिमवत् संवाद’ शृंखलाको पहिलो वक्ता बनिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

सिनासको ‘हिमवत् संवाद’ शृंखलाको पहिलो वक्ता बनिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

सरोज नेपाल
साउन १, २०८१ मंगलबार १६:५८, काठमाडौँ

नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) को ५३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयमा मंगलबार एक समारोहकाबीच वार्षिकोत्सव मनाइएको हो। 

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहेको थियो। भण्डारी राष्ट्रपतिको रुपमा कार्यरत रहँदाका दुवै कार्यकालका भाषणहरूको संकलित पुस्तक ‘सम्बोधन’ पनि विमोचन भएको छ। 

त्यस्तै, हिमवत् संवाद शृंखला पनि सुरु गरिएको छन्। सिनासले यो नयाँ शृंखलाको प्रमुख अतिथिका रुपमा पहिलो वक्ता पूर्वराष्ट्रपति भण्डारीलाई बनाएको हो।  सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्कीका अनुसार, मौलिक ज्ञान उत्पादनका लागि उक्त शृंखला सुरु गरिएको हो। 

राष्ट्रपति भण्डारीले पुस्तक बिमोचन भएकोमा खुसी व्यक्त गरिन्। साथै, उनले त्रिभूवन विश्वविद्यालयअन्तर्गत स्थापित सिनास, सेडा, सेरिड, रिकास जस्ता विधागत अनुसन्धान केन्द्रहरुको राज्यको नीति निर्माण तहमा महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गरिन्। 

\

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .