ad ad

समाज


बर्दियामा हात्तीको आक्रमणबाट १ को मृत्यु, अर्का एक घाइते

बर्दियामा हात्तीको आक्रमणबाट १ को मृत्यु, अर्का एक घाइते

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८१ मंगलबार ७:१६, काठमाडौँ

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। 

ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको सोमबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

सोही वडामा पर्ने सुजनपुरका २५ वर्षीय विश्राम थारु हात्तीको आक्रमणबाट घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए। 

घाइते थारुको हात भाँचिएको छ। उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .