ad ad

समाज


यी हुन् सिमलताल दुर्घटनामा परेका ६५ यात्रु (विवरणसहित)

यी हुन् सिमलताल दुर्घटनामा परेका ६५ यात्रु (विवरणसहित)

नेपालखबर
असार ३१, २०८१ सोमबार २२:६, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा बस दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहेको पाइएको छ।

यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ। जसमध्ये तीन जना बँच्न सफल भएका छन्।

हालसम्म दुवै बसका गरी १४ जना यात्रुको शव फेला परेको जनाइएको छ।

ती मध्ये ८ जनाको पहिचान खुलेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ।

शुक्रबार सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छन्। बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।

यस्तो छ जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .