लगातारको वर्षाका कारण नदीहरुमा जल सतह बढ्दै बढेको भन्दै काठमाडौं जिल्ला प्रशासनले नदी किनारमा रहँदा र हिँड्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
‘नदीहरुमा जल सतह बढ्दै जादा किनारका वस्तीहरुमा नदी कटान तथा डुबानको जोखिम बढ्ने हुदाँ नदी किनारमा रहने र हिँड्ने व्यक्तिहरुले उच्च सतर्कता अपनाउन जरुरी छ,’ जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै भनेको छ।
बागमती, विष्णुमति, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरुमा जल सतह बढ्दा नदी किनारमा रहेका घर टहराहरु र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परेको जिल्ला प्रशासनको भनाइ छ।
त्यस्तै नदी किनारका कोरिडोर, बाटो लगायतका सार्वजनिक सवारी साधन पार्किंङ गर्ने र निर्माण सामग्रीहरु राख्ने काम पनि नगर्न आग्रह गरेको छ।
45
Shares
प्रतिक्रिया