ad ad

समाज


सिन्धुपाल्चोकमा निर्माणाधीन विद्युत् आयोजनामा १२ मजदुर पुरिए, २ जना बेपत्ता

सिन्धुपाल्चोकमा निर्माणाधीन विद्युत् आयोजनामा १२ मजदुर पुरिए, २ जना बेपत्ता

नेपालखबर
असार २२, २०८१ शनिबार ७:३, काठमाडौँ

सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोसी जलविद्युत् आयोजना–१ को डिसेन्डर कभर स्ल्याब भत्किँदा दुईजना मजदुर बेपत्ता भएका छन्।

घटनामा १० जना मजदुर घाइते भएका प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी उपचारका लागि बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

जिप्रका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार शुक्रबार डिसेन्डर कभर स्ल्याबको माथिल्लो संरचना भत्किएर मजदुर पुरिएका हुन्। बेपत्ता दुई मजदुरको खोजी भइरहेको छ।

‘बेपत्ता हुनेमा बर्दिया ठाकुर बाबा नगरपालिका स्थायी ठेगाना भएका रामदिन थारू र सुमन थारू छन्,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने।

भोटेकोसी गाउँपालिका हिन्दीमा निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोसी जलविद्युत् आयोजना–१ (४० मेगावाट) को डिसेन्डर कभर स्ल्याब एक्कासि भत्किएको हो। 

घाइते १० जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि काभ्रेको धुलिखेल ल्याइएको छ।

घटनामा बर्दियाको बारबर्दिया नगरपालिकाका लहानु थारू, दुर्गा चौधरी, दोलखा कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, दीपक थामी, गोपाल थामी, आइतमान थामी, पदमबहादुर थामी, रोल्पाको लिवाङ नगरपालिकाका शासन रोकामगर र दोलखा वैतेश्वर गाउँपालिकाका रामचन्द्र रिमाल घाइते भएका छन्।

निर्माण कम्पनीको लापर्बाहीका कारण स्ल्याब भत्किएको आरोप आयोजनाका अधिकारीहरुले लगाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .