ad ad

समाज


द्रुतमार्गको लेनडाँडामा छिचोलियो जोडी सुरुङ (तस्बिरहरू)

द्रुतमार्गको लेनडाँडामा छिचोलियो जोडी सुरुङ (तस्बिरहरू)

नेपालखबर
असार २०, २०८१ बिहिबार १७:५, काठमाडौँ

राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ छिचोलिएको छ।

प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिएको हो।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त सडक अन्तर्गत सुरुङमार्ग छिचोल्ने कार्यक्रम प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार (जेठ २०गते) भर्चुअल माध्यम मार्फत अवलोकन गरेका थिए।

सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए। उक्त कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देल लगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति रहेको थियो।

यस्तै गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्गहरू छिचोलिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .