ad ad

समाज


राशिफल २० असार : मेषलाई काममा बाधा, सिंह अनर्गल प्रचारबाट जोगिनुपर्ने, तपाईँको के?

राशिफल २० असार : मेषलाई काममा बाधा, सिंह अनर्गल प्रचारबाट जोगिनुपर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार २०, २०८१ बिहिबार ४:४३, काठमाडौँ

आज बिहीबार, २० असार २०८१ (४ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : धर्मकर्म तथा समाजसेवामा मन जानेछ। सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। नयाँ काम पाइने योग छ। पुँजी बजारमा प्रगति हुनेछ। नजिकका मित्रबाट विशेष सहयोग मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : फजुल खर्च बढ्नेछ। मन खिन्न हुने स्थिति आउनेछ, भावुक र उत्ताउलो बन्नेछ। तर, धर्म र आस्थामा ध्यान जानेछ। रमणीय यात्रा होला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : धर्मकर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। सेयर बजारबाट फाइदा हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सवारी साधन प्राप्तिको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : काममा सफलता हात पर्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखिका बाधा स्वत: फुकुवा हुनेछन्। अधुरो कामले पनि गति लिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अनर्गल प्रचारको विश्वास नगर्ने।

कन्या : धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला : जिद्दीपनले गर्दा काम बिग्रने डर छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। घरमा अतिथिको आगमन होला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : मनमा शान्ति छाउनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्याकी देवी सरस्वतीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कार्यमा मन जाला। बोलीको प्रभाव बढ्दै जानेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। उपहार प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। व्यापार, व्यवसाय तथा सेयर बजारबाट फाइदा हुनेछ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : लाभहानि बराबर हुने खालको दिन छ। बेसुरमा वचन दिँदा अप्ठ्यारो पर्न सक्छ। नियमित खर्च बढ्नेछ। घरमा पाहुना आउन सक्छन्।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मन रमाउनेछ। पारिवारिक जीवन सन्तोषप्रद रहनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। पारिवारिक स्वास्थ्य भने त्यति राम्रो नहोला।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .