ad ad

समाज


कोरियाको भिसाका लागि समय मिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ

कोरियाको भिसाका लागि समय मिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ

नेपालखबर
असार १९, २०८१ बुधबार १७:१३, काठमाडौँ

दक्षिण कोरियाको भिसा लिने समय मिलाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरूले पहिले नै समय लिएर उक्त समय बेच्ने गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेका ८  मध्ये दुई जनाको नाम सार्वजनिक गरिएको छैन।

पक्राउ पर्नेमा भोजपुरको पौनादम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, नवलपुरकै कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .