ad ad

समाज


असईदेखि जवानसम्म १३ प्रहरी २ महिनादेखि सम्पर्कविहीन

असईदेखि जवानसम्म १३ प्रहरी २ महिनादेखि सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८१ सोमबार ८:२६, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका १३ जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका १३ जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो। 

प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी जवानसम्म गरेर १३ जना प्रहरी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। 

गैर हाजिर हुनेमा एकजना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबलदार र ८ जना प्रहरी जवान छन्। त्यस्तै दुई जना प्राविधिक प्रहरी जवान पनि गैरहाजिर रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .