ad ad

समाज


काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’

काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’

नेपालखबर
असार ३, २०८१ सोमबार २०:५८, काठमाडौँ

सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ।

मनघरी फाउन्डेसनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौँसँग जोड्ने अभियान सुरू गरिएको आयोजक एवं ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले बताए।

‘हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ। यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो। यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत गर्‍यो भन्नेमा हामी विश्वस्त छौँ’, आयोजक थापाले भने।

कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उनले जानकारी दिए।

उनले भने, ‘सबै वर्ग र उमेर समूहका व्यक्तिलाई प्रदर्शनीमा देखियो। उहाँहरूको कौतुहलतालाई प्रदर्शनीमा राखिएको तस्बिर र भिडियोले मेट्न सफल भएको छ।’ काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा सम्पन्न प्रदर्शनीमा ३२ वटा तस्बिर तथा पाँच वटा भिडियोहरू राखिएको थियो।

साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायले उत्पादन गरेका सामग्रीमा पनि प्रदर्शनी हेर्न आउनेले चाख दिएका छन्। अभियान प्रत्येक महिनाको पहिलो शनिबारदेखि सुरु भई तीन दिनसम्म चल्ने छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .