ad ad

समाज


काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको आज पनि प्रदर्शन

काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको आज पनि प्रदर्शन

नेपालखबर
असार ३, २०८१ सोमबार १३:३४, काठमाडौँ

काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमवार पनि निरन्तरता दिइएको हो। 

उनीहरूले काठमाडौँ महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णयविरुद्ध प्रदर्शन गरेका हुन्।

कबाड व्यवसायीहरूले सोमबार पनि  माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। 

कबाड व्यवसायीहरुले प्रदर्शनमा ‘छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर’जस्ता नारासहित  प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ।

कबाड व्यवसायलाई बिस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन्।

महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो। तर कबाड व्यवसायीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .