ad ad

समाज


कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

नेपालखबर
असार २, २०८१ आइतबार २०:२७, मान्म (कालीकोट)

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएर एक वर्ष लामो उपचारपछि निको भएका सचेतक विष्टका भोगाइ समेटिएको पुस्तक विमोचन गरेका हुन्।

त्यसअवसरमा उपसभापति खड्काले एउटा कालखण्डका जीवनभोगाइ भावी पुस्तासम्म लैजान पुस्तक उपयोगी हुने बताए।

उनले भने, ‘कोभिड सङ्क्रमणपछि उनले जीवनको अन्तिम समय कस्तो हुन्छ भनेर नजिकबाट भोग्नुभयो। उहाँको त्यतिबेलाको अवस्थाबारे मैले निरन्तर डाक्टरसँग जानकारी लिइरहेको थिए। त्यो कठिन अवस्था जितेर उहाँले नयाँ जीवन पाउनुभएको हो। यो कुरा सबैले थाहा पाउने छन्, सायद कोभिडमा धेरैका अनुभव यस्तै थिए।’

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मान्छे मिति नपुगुन्जेल न जन्मिछ न मर्छ’ भनेको कुरा स्मरण गर्दै उपसभापति खड्काले धेरै नेपालीले कोभिड १९ महामारी र सशस्त्र द्वन्द्वका बेला यी विषय नजिकबाट अनुभव गरेका धारणा राखे।

लेखक विष्टले कोभिड सङ्क्रमणपछि आफूले जीवन र पीडालाई नजिकबाट हेरेको सुनाए।

‘त्यस व्याधिले वर्षभरी थलिएँ। फोक्सो र टिभी (क्षयरोग) बाट सञ्चो हुन निकै लामो समय लाग्यो, त्यो समयले धेरै कुरा सिकाएको छ’, विष्टले भने, ‘फेरि गत चुनावमा टिकट पाएकै बेला डेङ्गी रोगले समात्यो। तिनै अनुभूति, सहानुभूति र समानुभूति पुस्तकमा समेटेको छु।’

साहित्यमा आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सिर्जना हुने भन्दै उनले दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ भन्ने मान्यतासहित आफ्ना सुख दुःख यस किताबमा राखेको उनको भनाइ छ।

यसअघि विष्टले द्वन्द्व दरार (२०६७) र जय पराजय (२०७७) प्रकाशन गरिसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .