ad ad

समाज


कोसी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना, हेर्नुस् ३ दिनको पूर्वानुमान

कोसी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना, हेर्नुस् ३ दिनको पूर्वानुमान

फाइल तस्बिर


नेपालखबर
असार १, २०८१ शनिबार ७:१६, काठमाडौँ

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) कोसी प्रदेशमा साधारणतया बदलीको अवस्था छ। मधेस  र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले कोसी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम  वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ।

दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति कोसी, मधेस र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।

कोसी प्रदेशको केही स्थानका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा राति मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो रहला आइतबार र सोमबारको मौसम?
२०८१ असार २ गते आइतबार

दिउँसोː कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिː कोसी, मधे, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८१ असार ३ गते सोमतबार

दिउँसोː कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिː कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .