ad ad

समाज


मातहतका आयोजनामा काठमाडौं महानगरले श्रम बैंकमार्फत ३० प्रतिशत जनशक्ति उपलब्ध गराउने

मातहतका आयोजनामा काठमाडौं महानगरले श्रम बैंकमार्फत ३० प्रतिशत जनशक्ति उपलब्ध गराउने

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार २२:१७, काठमाडौँ

काठमाडौं महानगरले आगामी आर्थिक वर्षदेखि कम्तिमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ।

शुक्रबार महानगरको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बोलन्द्र शाहले यस्तो घोषणा गरेका हुन्। ‘कम्तिमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिनेगरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिइनेछ,’ उनले भने।

त्यस्तै महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माण सम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रम छ। 

‘काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाइने पनि महानगरको कार्यक्रममा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .