काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान र लागुऔषध प्रयोग गर्न नपाइने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् ।
साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने प्रमुख शाहले बताए।
महानगर क्षेत्रमा भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उनले बताए।
42
Shares
प्रतिक्रिया