न्याय परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निर्देशनमा न्याय परिषद् सचिवालयले शुक्रबार अपराह्न बैठक बस्ने सूचना सदस्यहरूलाई दिएको छ।
जिल्लादेखि सर्वोच्च अदालतसम्मै केही न्यायाधीश पद रिक्त रहेकाले न्याय परिषद्को बैठकप्रति धेरैको चासो छ।
तर आजको बैठकमा कुनै महत्त्वपूर्ण निर्णय नहुने सचिवालय स्रोतले जानकारी दिएको छ
सर्वोच्चका वरिष्ठतम् न्यायाधीश एवं न्याय परिषद्का सदस्य डा आनन्दमोहन भट्टराई अवकाशमा जान लागेकाले उनको बिदाइको कार्यक्रम राखिएको छ।
भट्टराई ६५ वर्षे उमेर हदका कारण बिदा हुँदै छन्। उनको आज न्याय सेवाको अन्तिम दिन हो। भट्टराईले अवकाश पाएपछि सर्वोच्चमा न्यायाधीशको रिक्त पद संख्या ४ पुग्नेछ।
न्यायाधीशले अवकाश पाउनुभन्दा एक महिनाअघि नै नयाँ नियुक्तिको व्यवस्था गरिसक्नुपर्ने कानुनी बाध्यता भए पनि भागबन्डा नमिल्दा लामो समयदेखि सर्वोच्चमा रिक्तता छ।
Shares
प्रतिक्रिया