समाज


चितवन दुर्घटना : कारमा सवार पाँचमध्ये गम्भीर अवस्थाका २ घाइतेको पहिचान

चितवन दुर्घटना : कारमा सवार पाँचमध्ये गम्भीर अवस्थाका २ घाइतेको पहिचान

दुर्घटनामा परेको कार। तस्बिर: रासस


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ९:५२, हेटौँडा

चितवनमा बस र कार आपसमा ठोक्किँदा गम्भीर घाइते भएका पाँचमध्ये दुई जनाको पहिचान खुलेको छ। 

नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार आज बिहान पृथ्वी राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ बजार नजिक आपसमा ठोक्किएका थिए।  

दुर्घटनमा कारमा सवार पाँच र बसमा सबार १५ जना घाइते भएका चितवन प्रहरीले जनाएको छ।

घाइतेहरुको उद्धार गरि चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कारमा सवार पाँच जना दुर्घटनामा गम्भीर घाइते छन्। उनीहरुमध्ये दुईजनाको परिचय खुलेको छ।

पहिचान खुल्नेमा कास्कीको पोखरा उपमहानगरपालिका- ५ का ३५ वर्षीय समीर ओझा र सोही स्थानका २२ वर्षीय शेखर मिश्र रहेका छन्। 

उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad