ad ad

समाज


नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २८, २०८१ सोमबार १७:०, काठमाडौँ

सिरहाको नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुर गाउँपालिकाका तत्कालीन यादव, उपाध्यक्ष शोभा कुमारी यादव भन्ने शोभा कुमारी, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा नं. ४ का वडाअध्यक्ष मदन यादव र वडा नं. ५ का तत्कालीन वडाअध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाअध्यक्ष खुशिलाल साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सवइन्जिनियर सन्तोष कुमार यादव तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार नवराजपुर गाउँपालिका वडा नं. २ मझौरामा प्रदेश नं.२ सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नको लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको पाइएको छ।

विद्यालय भवनको काम नै नगरी÷नगराई नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई झुट्टा मूल्याङ्‍कन गरी भुक्तानीको लागि स्वीकृत गरी/गराई, फिल्डमा नभए नगरेको कार्यलाई भएको भनी देखाई १४ लाख ५१ हजार ५५१ रुपैयाँ० भुक्तानी लिई/दिई गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .