ad ad

समाज


उद्धारको क्रममा २ वटा खच्चड मरे, ३ वटा अझै पुलमाथि

उद्धारको क्रममा २ वटा खच्चड मरे, ३ वटा अझै पुलमाथि

नेपालखबर
जेठ २७, २०८१ आइतबार १३:५८, काठमाडौँ

कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार गर्ने क्रममा २ वटा मरेका छन्।

आइतबार बिहान पुलको लठ्ठा चुँडिएर फसेका खच्चडको पुलको तार काटेर उद्धार भइरहेको छ। 

‘अहिलेसम्म ८ वटा खच्चडको जीवितै उद्धार गरिएको छ। उद्धार गर्ने क्रममा २ वटा मरेका छन्,’ दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले नेपालखबरसँग भने, ‘बाँकी ३ वटा खच्चडलाई उद्धार गर्न बाँकी छ।’

सुरुमा टुचनले पुल सोझ्याउन खोज्दा पनि धेरै लोड भएका कारणले नसकिँदा पुलको तार काटेर नदीमा खसालेर उद्धार गरिएको हो।

उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र स्थानीय तहका जनप्रतिनिधि सहित स्थानीय खटिएका छन्।

पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .