ad ad

कर्णाली


कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ वटा खच्चड फसे

कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ वटा खच्चड फसे

नेपालखबर
जेठ २७, २०८१ आइतबार १२:५, सुर्खेत

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्।

आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले नेपालखबरलाई जानकारी दिए। 

दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले बताए। 

अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुग्ने क्रम रहेको कोइरालाले बताए।

‘हामीले अछामका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेर उताबाट पनि सुरक्षा अधिकारीहरूलाई समन्वयका लागि भनेका छौँ,’ उनले भने, ‘अबको केहीबेरमा उद्धार सुरु हुन्छ।’

अहिले ती खच्चडहरू पुलमै अड्किएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालका अनुसार, खच्चरहरू पुलमाथि हिँडिरहेको अवस्थामा खच्चरको खुट्टा पुलको जालीमा खड्किएपछि पुल कोल्टिँदा खच्चरहरू पुलमै अलपत्र परेका हुन्। 

अछाम जिल्लाको विनायक नगरपालिका र दैलेख जिल्लाको आठबीस नगरपालिका–४ खिड्कीज्युला नजिक कर्णाली नदीमाथि बनेको झोलुङ्गे पुलमा खच्चरहरू फसेका हुन्।

दुवै जिल्लामा तीनै तहका सुरक्षाकर्मीहरु घटनास्थलमा खटिएका र पुल बनाउने मानिसहरू आएपछि मात्रै उद्धारका लागि पहल हुने डीएसपी दाहालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .