ad ad

समाज


दक्षिणकालीको खोँचमा मोटरसाइकलसहित भेटियो महिला र पुरुषको शव

दक्षिणकालीको खोँचमा मोटरसाइकलसहित भेटियो महिला र पुरुषको शव

नेपालखबर
जेठ २४, २०८१ बिहिबार ९:३२, काठमाडौँ

काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा दुई जनाको शव फेला परेको छ। 

दक्षिणकाली नगरपालिका-८ केराबारी भन्ने ठाउँको खोंचमा मृत अवस्थामा २ जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान हामीले गरेका छौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘एक महिला र एक पुरुषको शव फेला परेको हो। केही दिनअघि नै उनीहरु दुर्घटनामा परेको अनुमान हाम्रो छ।’ शवको सनाखतको प्रयास भइरहेको उनले बताए। 

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। सडकबाट तल अप्ठ्यारो खोँचमा मोटरसाइकल खसेको कारण समयमै दुर्घटनाको विषयमा जानकारी नभएको हुनसक्ने अधिकारीले बताए।  

बुधबार साँझ शव फेला परेकाे हाे। प्रहरीले घटनाकाे अनुसन्धान अघि बढाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .