ad ad

बागमती


काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ

नेपालखबर
जेठ २४, २०८१ बिहिबार ९:४८, काठमाडौँ

काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले एकजना बालिकालाई यौन दुर्व्यवहार भएको उजुरी आएको र अनुसन्धानका लागि प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। 

‘बालिकालाई यौन दुर्व्यवहार भएको गुनासो आएको छ’, एसपी अधिकारीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘आरोप के कति साँचो हो, हामी अनुसन्धानमै छौँ, ती इन्स्पेक्टरलाई अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखेका छौँ, आरोप परिपक्व भइसकेको छैन, भएपछि हामी विस्तृत जानकारी दिनेछौँ।’

पक्राउ परेका इन्स्पेक्टर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका हुन्। पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ।

अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटना विस्तृत बताउन चाहेन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .