समाज


सहकारी ठगीमा राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता, साढे १६ करोड बिगो

सहकारी ठगीमा राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता, साढे १६ करोड बिगो

नेपालखबर
जेठ २०, २०८१ आइतबार २१:२१, काठमाडौँ

पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमध्ये १० जना मात्रै पक्राउ परेका छन्। सांसद बस्नेतसहित २५ जना फरार छन्।

उनीहरुले ३ हजार १८८ जना बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। ३५ जना प्रतिवादीहरुले १६ करोड ५६ लाख ९४ हजार ३१ रुपैयाँ ६२ पैसा हिनामिना गरेको आरोप छ।

उनीहरुलाई सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुने भएको छ। यसका लागि यो मुद्दाको पुर्पक्षपछि विभागमा लेखि पठाउने र यो मुद्दामा छुट्ने भए उक्त मुद्दामा अनुसन्धानका लागि लैजाने प्रहरीको तयारी छ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरीले थप अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सोही आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad