ad ad

समाज


मनाङ घुम्न आएका ललितपुरका युवक सम्पर्कविहीन

मनाङ घुम्न आएका ललितपुरका युवक सम्पर्कविहीन

फाइल तस्बिर : मनाङ


नेपालखबर
जेठ १९, २०८१ शनिबार ७:४३, मनाङ

मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्।

ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .