ad ad

समाज


आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्न प्रहरी अधिकृतहरूलाई महानिरीक्षक कुँवरको निर्देशन

आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्न प्रहरी अधिकृतहरूलाई महानिरीक्षक कुँवरको निर्देशन

फाइल फोटो


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार २०:२२, काठमाडौँ

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिएका छन्।

सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई आज जान लागेका प्रहरी नायव महानिरीक्षकहरु र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उनले उक्त निर्देशन दिएका हुन्।

महानिरीक्षक कुँवरले सङ्गठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरु सक्रिय भई खरो रुपमा उत्रन निर्देशन दिए।

उनले भने, ‘सबै प्रहरी कर्मचारीहरुले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै सङ्गठन बलियो भए हामी बलियो हुन्छौँ।’

यसैगरी उनले सङ्गठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनु आवश्यक रहेको बताए।

विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

महानिरीक्षक कुँवरले सङ्गठनको नीति र आवश्यकता अनुरुप नै सरुवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढङ्गले सम्पादन गरी आफूलाई रोल मोडलको रुपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिए। आफू मातहतका प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवं थप सक्रिय भई जनपक्षीय काम गर्न उनले आग्रह समेत गरे।

यसअघि प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले समेत सरुवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरुलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवं निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .