ad ad

समाज


सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाही गर्छौँ : मेयर बालेन

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाही गर्छौँ : मेयर बालेन

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १४:११, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडको सडक विस्तारको काममा सडक विभागले काटेको पत्र गैरकानुनी भएको भन्दै कारबाही प्रक्रियामा जाने बताएका छन्। 

शुक्रबार बसेको ३२ औँ नगर कार्यपालिकाको बैठकमा यसबारे उठेका प्रश्नको सवाल–जवाफमा उत्रिएका मेयर शाहले यस्तो बताएका हुन्। 

उनलाई वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले न्यरोडको सडक विस्तारबारे प्रश्न गरेका थिए। 

जवाफमा मेयर शाहले भनेका छन्, ‘सडक विभागले गरेको काम गैरकानुनी छ, हामी कारबाही गर्छौँ।’

साथै, उनले उक्त क्षेत्र सडक विभागको कार्याक्षेत्रभित्रै नपर्ने पनि दाबी गरे। 

‘सडक विभागको अधिकार क्षेत्रमैै पर्दैन त्यो बाटो पहिलो कुरा। सडक विभागले बनाएको हो र? उसले किन पत्र काट्दैछ उसलाई थाहा होला। यहाँ बसेर सहमति गरिसकेपछि पत्र काट्छ भने हाम्रो जिम्मेवारी हो र?,’ मेयर शाहले जवाफमा भनेका छन्। 

मेयर शाहलाई वडाध्यक्ष महर्जनले थप प्रश्न गरे, ‘यो घटना विकास भइसकेपछि छलफल गर्नुपर्छ कि पर्दैन?’

उनले सम्बन्धित भूगोलको सडकपेटी बनाउँदा स्थानीयसँग भन्दा पनि व्यापारीसँग महानगरले छलफल गरेको दाबी गरे। 

‘जब स्थानीय हामी मतदाता जनप्रतिनिधिसँग यो विषय सहमति नभएको भएपछि केही साथीहरूसँग उहाँले छलफल गर्नुभयो। यो देशमा सम्बन्धित भूगोलमा केही गर्ने कि नगर्ने भन्ने व्यापारीसँग गर्ने कि कोसँग गने?,’ उनको प्रश्न थियो। 

कार्यपालिका बैठकको सुरुमै मेयर शाह र वडाध्यक्ष महर्जनबीच झण्डै १५ मिनेटसम्म नोकझोक चलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .