ad ad

समाज


इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार

इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ८:३१, काठमाडौँ

इलाममा पौडी खेल्ने क्रममा स्थानीय माईखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।

बिहीबार साँझ पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो। पौडी खेलिरहेको अवस्थामा तीन जना बालकको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जानकारी दिए। 

मृत्यु हुनेमा माई नगरपालिका–८ का बिक्रम लिम्बूका ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र सोही ठाउँका राजेन्द्र आङदाम्बेका आठ वर्षीय छोरा किस्मन आङदाम्बे छन्।

‘उनीहरुसँगै पौडी खेल्न गएका अन्य तीन जना बालबालिकाको भने सकुशल उद्धार गरिएको छ,’ डीएसपी जबेगुले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’ 

गाउँका पाँच जना बालबालिका बिहीबार दिउँसो माई नगरपालिका-८ बाँदर गाउँस्थित माईखोलामा पौडी खेल्न जाँदा घटना भएको हो। घर फर्किन ढिलो गरेपछि अभिभावकले उनीहरुको खोजी सुरु गरेका थिए। 

त्यसक्रममा दुई बालकलाई प्रहरी र स्थानीयले नदीमा डुबेको अवस्थामा फेला परेका थिए। मिङसुहाङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो भने अर्का बालक किस्मतको घटनास्थलमै मृत्यु भएको डीएसपी जबेगुले बताए। 

उद्धार गरिएको ३ बालबालिका भने सकुशल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .