ad ad

समाज


सिरोहियालाई पक्राउ गर्न मैले स्वीकृति दिएको हुँ : प्रधानमन्त्री

सिरोहियालाई पक्राउ गर्न मैले स्वीकृति दिएको हुँ : प्रधानमन्त्री

नेपालखबर
जेठ ९, २०८१ बुधबार २०:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताएका छन्।

विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको बताएका हुन्।

सम्पादकहरूको प्रतिनिधिमण्डललाई उनले भने, ‘म तपाईंहरूको मागप्रति संवेदनशील छु। अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ।’

त्यसअघि विभिन्न सञ्चार माध्यमका ३१ सम्पादकको भेलाले सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण ठहर गरेको थियो।

बरु गृहमन्त्री लामिछानेकै राहदानी छानबिन गरी कारबाही चलाउनुपर्ने सम्पादकहरूको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .