ad ad

समाज


राति यी तीन प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँमा पानी पर्ने सम्भावना २० प्रतिशत
राति यी तीन प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
जेठ ९, २०८१ बुधबार १८:३६, काठमाडौँ

हाल (बुधबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। कोसी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ जनाएअनुसार राति सुदूरपश्चिम, कोसी र मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति सुदूरपश्चिम, कोसी र मधेस प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैबीच राति काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर मौसम महाशाखाले उपत्यकामा पानी पर्ने सम्भावना २० प्रतिशत मात्र देखिएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .