बौद्धिक समूदायले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विरोध गरेका छन्।
नौजना प्राध्यापकले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको घटनाप्रति बौद्धिक समूदायको गम्भीर ध्यानाकर्षण भएको’ जनाएका छन्।
नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष कपिल श्रेष्ठलगायत प्राध्यापकहरूले निकालेको संयुक्त विज्ञप्तिमा सिरोहियाको गिरफ्तारीलाई प्रेस स्वतन्त्रता, मानव अधिकार, कानुनी राज्य र लोकतन्त्रको उपहास भनिएको छ।
‘हाल संसदमा सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे भइरहेको कार्यलाई ढाकछोप तथा विषयान्तर गर्नको लागि प्रेस स्वतन्त्रतामाथि हमला गरिएको यस घट्नाप्रति हाम्रो गम्भीर आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ।
36
Shares
प्रतिक्रिया