बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भइ ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्घाखाँचीका ३१ वर्षीय दिलिपकुमार पाण्डे र गोरखाका ३३ वर्षीय रामेश्वर काप्री रहेका छन्।
पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरू काठमाडौंका विभिन्न स्थानबाट आज (३ जेठमा) पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ‘ओरेन्ज एजुकेसन कन्सल्टेन्सी’ का संचालक दिलिप कुमार पाण्डेले पोल्याण्ड पठाइदिन्छु त्यसको लागि लागत रु। ७ लाख लाग्छ आकर्षक तलब हुन्छ भनी फेक वर्क पर्मिट र अफर लेटरसमेत देखाई प्रलोभनमा पारी रकम लिई सम्पर्कविहीन भइ भई ठगी गरेको प्रहरीको आरोप छ।
यस्तै, गोरखाको शहिद लखन गाउँपालिका–९ घर भई हाल काठमाडौंको सामाखुशी बस्ने रामेश्वर काप्रीले कतार पठाइदिन्छु भनी ठगी गरको पाइएको छ।
Shares

प्रतिक्रिया