ad ad

समाज


सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस बुधबार

सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस बुधबार

नेपालखबर
जेठ १, २०८१ मंगलबार १८:२४, काठमाडौँ

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा गएको छ। 

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनका प्रवक्ता बिमल पराजुलीले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार जवाफी बहस बुधबार हुनेछ।

मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए। त्यसपछि जाहेरीवालका तर्फबाट सरकारी वकिल र नीजि वकिलले बहस गरेका हुन्।

यसअघि पाँचपटक पेसी तोकेर पनि फैसला हुन सकेको थिएन।

गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। 

उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .