राजनीति


छोरीहरूलाई आत्मनिर्भर बनाउने राम्रो कार्यक्रम आएको छ : अर्थमन्त्री पुन

छोरीहरूलाई आत्मनिर्भर बनाउने राम्रो कार्यक्रम आएको छ : अर्थमन्त्री पुन

नेपालखबर
जेठ १, २०८१ मंगलबार १८:५६, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको बताएका छन्। 

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन्। 

‘छोरीहरूका लागि राम्रो कार्यक्रम आएको छ। विशेषगरी महिलाहरू, छोरीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम आएको छ,’ उनले भने। 

साथै, उनले नेपाली कांग्रेसले संसद् अवरोध गर्नु राम्रो नभएको बताए। 

‘देशको लामो इतिहास बसेको लोकतान्त्रिक पार्टीले यस्तो गर्नु राम्रो भएन, दुःखद भयो,’ पुनले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो ३ बजे बसेको संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad