अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगि गर्ने मुख्य गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गा.पा. २ का वर्ष ४८ का जगतबहादुर तामाङ, जिल्ला तनहुँ ऋषिङ्ग गा.पा. २ का वर्ष ४६ का विष्णुबहादुर बराली र वर्ष ४८ का तनहुँ ऋषिङ्ग गा.पा. २ का जंगबहादुर वि.क. (बराल) रहेका छन्
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डलर खोसी ९ महिनासम्म अलपत्र पारी राखेका थिए।
केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रुपमा मानव तस्करीमा संलग्न रहेको एसएसपी भट्टराईले बताए।
Shares
प्रतिक्रिया