ad ad

समाज


आज धेरैको भाग्यशाली अङ्‌क ६, तपाईँको कुन? हेर्नुस् जेठ १ को राशिफल

आज धेरैको भाग्यशाली अङ्‌क ६, तपाईँको कुन? हेर्नुस् जेठ १ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ १, २०८१ मंगलबार ४:४१, काठमाडौँ

आज मङ्‌गलबार, १ जेठ २०८१ (१४ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सुखदुःख बराबरी हुने समय छ। आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ। नियमित खर्च बढ्ने योग छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृष : जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : पुनर्मिलनको योग छ। धर्मकर्ममा मन लाग्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले मनमा असल भाव राख्ने। चिन्ता नलिने।

कर्कट : सामाजिक कार्यमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउने र मनमा निरासा आउला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। प्रेमी/प्रेमिकाको साथ रहला। साँझमा धन हात पर्न पनि सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या : रमणीय र सुखद यात्राको योग छ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। शुभकार्यको चर्चा चल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला : घरमा अतिथिको आगमन हुनेछ। घरायसी मनोरञ्जन हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। अतिथिका रूपमा सम्मान पाइएला। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ कालो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

वृश्चिक : सामाजिक र राजनीतिक कार्यमा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : आत्मबलमा कमी आउने तथा मन भावुक र उत्ताउलो बन्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्वास्थ्यप्रति सचेत रहनु पर्छ। तीर्थाटनको योग छ। शुभ चिन्तकले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४२, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : शुभ कार्यको योजना बन्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

भाग्यशाली रङ पिंक र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ६०, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पश्चिम दिशाको यात्रा नगर्ने।

कुम्भ : नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मीन : रमणीय र सुखद यात्राको योग छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोमाञ्जक यात्रा होला। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५८, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई हानि हुने काम नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .