ad ad

समाज


स्कुल बसमा आगजनी गर्ने वैद्यका कार्यकर्ता

स्कुल बसमा आगजनी गर्ने वैद्यका कार्यकर्ता

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १७:३५, हेटौँडा

चितवनको भरतपुर महानगरपालिका–२०, दद्रेनीमा स्मल हेभेन इङ्लिस बोर्डिङ स्कुल बस आगजनीको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी)ले लिएको छ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताले स्कुल बसमा आगजनी गरेको खुलेको हो।

अनेरास्ववियु (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष सुमनाले विज्ञप्ति निकालेर घटना आफ्ना कार्यकर्ताले गराएको स्वीकार गरेका छन्।

विज्ञप्तिमा कांग्रेसका नेता उमेश श्रेष्ठले सञ्चालन गर्दै आएको स्मल हेभेन स्कुलले चर्को शुल्क असुल्ने, अभिभावकहरूलाई शोषण गर्दै आएको दाबीसहित पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरेको हुँदा सो स्कुलको बसमाथि चेतावनीपूर्वक कारबाही गरिएको उल्लेख गरिएको छ।

भरतपुर महानगरपालिका–२०, दद्रेनीमा सडकमा गुडिरहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुल कल्याणपुरको बागमती प्रदेश– ०६–००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार बिहान आगजनी गरेका थिए।

बिहान करिब ८ः०० बजेको समयमा विद्यार्थी लिन गएको सो बसमा तीन वटा मोटरसाइकलमा आएका ६ जना व्यक्तिले बस रोकेर आगो लगाएका हुन्।

बसमा रहेका विद्यार्थी र स्टाफलाई उतार्दै मोबाइल नियन्त्रण लिएर बसमा आगो लगाइ भागेको बसका चालकले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए।

उनका अनुसार घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ नपरेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .