ad ad

समाज


दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन घोषणा

दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन घोषणा

शैलेन्द्र महतो
फागुन ८, २०७६ बिहिबार ११:८,

 अवैध नदी दोहन विरोधी अभियन्ता दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गर्दै पिछडा वर्ग समाज (ओबीसी) ले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ।

ओबीसीले बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै दिलीपलाई पर्यवरण सहिद घोषणा लगायत ५ सुत्रीय माग गर्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो। जिल्लाहरुमा संघर्ष समिति गठन, माइतीघर मण्डलमा प्रदर्शनसहित तराइमधेश बन्दसम्मको आन्दोलन घोषणा गरेको छ।

फागुन १० गते बाराको कलैया, ११ गते पर्साको विरगंज, १२ गते सर्लाहीको मलंगवा, १५ गते सप्तरीको राजविराज र सिरहाको मिर्चैया, फागुन १६ गते रौतहटको गौर, १७ गते महोत्तरीको रामगोपालपुर र १८ गते धनुषाको जनकपुरमा अन्तरक्रिया गर्दै जनजागरण र संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको पिछडा वर्ग समाजका केन्द्रीय अध्यक्ष रामकुमार महतोले जानकारी दिए।

यस्तै फागुन २१ गते जनकपुरमा विरोध प्रदर्शन, फागुन २४ गते काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन, फागुन २५गते नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने रचैत १ गते मधेश बन्दको ओबीसीले घोषणा गरेको हो। दिलीपलाई राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्नुपर्ने, घटनाको सुक्ष्म अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने, अहिले पनि उम्केका घटनाका केहि दोषीलाई कारबाही दायरामा ल्याइ कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने र अहिले पनि अवैध रुपले जारी नदी तथा चुरे दोहन बन्द गर्नुपर्ने लगायतको माग ओबीसीले अगाडी सारेको छ।

दोश्रो चरणको आन्दोलनबाट सरकारले आफ्नो मागहरु पूरा नगरे तेश्रो चरणमा कडा संघर्षको कार्यक्रमहरु केन्द्रीय अध्यक्ष महतोले चेतावनी दिए। उनले दिलीप हत्याकाण्डका मुख्य योजनाकारहरुलाई प्रहरी प्रशासनले अहिलेसम्म पक्राउ गरी कारबाही नगरेको समेत दावी गर्दै उनीहरुलाई प्रशासनले बचाउन खोजेको आरोप लगाए।

यसअघि ओबीसीले दिलीपको हत्या पश्चात विभिन्न दबाबमूलक कार्यक्रमसँगै पहिलो चरणको आन्दोलन गरिसकेको जनाएको छ। अवैध खोला दोहनको विरोध गर्दा गएको पुस २५ गते विहान घर नजिकैको औरही खोलामा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने ओमप्रकाश भन्ने दिलीप महतोको टिपरले किचेर विभत्स हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .