सरकारले दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
गृह मन्त्रालयले रिक्त पदमा जोशी र ढकाललाई सिफारिस गरेको थियो।
जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए भने ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।
जोशी ७३.८३६८ र ढकाल ७३.६३०६ प्राप्तांकसहित बढुवा सिफारिस भएका थिए।
258
Shares
प्रतिक्रिया