समाज


राशिफल २७ वैशाख : यसरी गर्नुस् दिनको सुरुआत, पाउनुहुनेछ सफलता

राशिफल २७ वैशाख : यसरी गर्नुस् दिनको सुरुआत, पाउनुहुनेछ सफलता

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २७, २०८१ बिहिबार ४:४१, काठमाडौँ

आज बिहीबार, २७ वैशाख २०८१ (९ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा शान्ति छाउनेछ। नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव आउन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

वृष : दिन सामान्य नै रहनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक कार्य राम्रो हुनेछ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ। साँझमा भने केही पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

मिथुन : मध्यम खालको दिन छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४८, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कर्कट : मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। वैदेशिक कार्य राम्रो हुनेछ। कार्य सम्पादनमा सहजता पनि मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्दा अधिक सफलता मिल्नेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

सिंह : रोकिएका काम पुनः सुरु हुन सक्छन्। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर लागेमा चाहिँ बनिसकेको काम पनि बिग्रनेछ।

कन्या : आँटेको र ताकेको कार्य पूरा होला। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। सामाजिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट बोलेमा आफैँलाई हानि गर्नेछ।

तुला : मित्रहरूले दिएको वचन फेरिन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। झै-झमेलाको अवस्था आउला। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ। यात्रा फलदायी नहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। यात्रा खासै फलदायी छैन। तसर्थ, भरिसक्के लामो यात्रा नगर्नु होला।

धनु : दिन भाग्यशाली भएर देखा पर्नेछ। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। बोलीको प्रभाव बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खरानी रङको प्रयोग अनुकूल छैन।

मकर : शुभकार्यमा सहभागिता जनाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। राजनीतिक कार्यमा बाधा आउन सक्छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङको प्रयोग उपयुक्त छैन।

कुम्भ : समय प्रतिकूल भई कुलतमा मन जानेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मित्रताको बन्धन कसिने बेला छ। बोल्दा विचार पुर्‍याउनुपर्ने देखिन्छ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा सेतो रङको प्रयोग खासै राम्रो छैन।

मीन : ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। नयाँ कामको थालनी हुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .