मौसम बदली र वर्षा भएसँगै काठमाडौँ उपत्यकासहित देशभर गर्मीको मात्रा स्वाट्टै घटेको छ।
तराईका जिल्लामा ४० डिग्रीबाट पनि उकालो लागेको अधिकतम तापक्रम अहिले ३५/३६ डिग्री सेल्सियसमा झरेको छ।
एक हप्ताअघि अर्थात् यही मे १ तारिखका दिन ३३.२ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम आज (मंगलबार) स्वाट्टै घटेर २४.६ डिग्री सेल्सियसमा झरेको छ।
यसैगरी एक हप्ताअघि (मे १ तारिख) ४०.८ डिग्री सेल्सियस रहेको जनकपुरको अधिकतम तापक्रम आज ३२.५ डिग्री सेल्सियसमा झरेको छ।
यसैगरी अहिले देशभरकै तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकले देखाएको छ।
हेर्नुहोस् मंगलबार कहाँको तापक्रम कति?

1.1k
Shares

प्रतिक्रिया