बीरगञ्ज भन्सार कार्यालयका सात जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
भन्सार कार्यालय बाहिर बसी रकम लिएर एजेन्टका रुपमा काम गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा बीरगञ्ज महानगरपालिका–१६ बस्ने वर्ष २९ को मुस्तुजाव मिया, सोही ठाउँका वर्ष १९ को अलि हुसेन, वर्ष १८ को राहुल गुप्ता, वर्ष २५ को एनुल हक, वर्ष ३० को दिनेश कुमार महतो, वडा नं.१२ बस्ने वर्ष ३३ को दिप किशोर उपाध्याय र भारत बिहार मोतिहारी मझरिवा रघुनाथपुर पोष्ट थाना रामगढवा बस्ने वर्ष ५० को अरुण सिंह रहेका छन्।
उनीहरुले भन्सार कार्यालयले भन्दा बढी रकम लिएर एजेन्टको काम गरेको सूचनाका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया