समाज


कपिलवस्तु मालपोत कार्यालयका नासु नरहरि खनाल घुससहित पक्राउ

कपिलवस्तु मालपोत कार्यालयका नासु नरहरि खनाल घुससहित पक्राउ

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १९:१७, काठमाडौँ

कपिलवस्तु जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

नासु खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कर्मचारी आवासबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .