समाज


भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्यो, २ युवतीको मृत्यु, १२ जना घाइते

भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्यो, २ युवतीको मृत्यु, १२ जना घाइते

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार ६:३६, काठमाडौँ

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो। 

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए

‘दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ वर्षीया शान्ति राईको मृत्यु भएको छ,’ इन्सपेक्टर राईले नेपालखबरसँग भने, ‘बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन्।’

उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा  अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए। 

घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .