समाज


दुई शिक्षक परे एउटै युवतीको प्रेममा, पेमिकालाई पाउन साथीको हत्या गर्नेले नै गरे आत्महत्या

दुई शिक्षक परे एउटै युवतीको प्रेममा, पेमिकालाई पाउन साथीको हत्या गर्नेले नै गरे आत्महत्या

नेपालखबर
फागुन ७, २०७६ बुधबार ६:३,

त्रिकोणात्मक प्रेमको अन्त्य धेरैजसो हिंसात्मक र दु:खद् हुने गरेको पाइन्छ। भारतको उत्तरप्रदेशमा त्रिकोणात्मक प्रेमका कारण दुई युवाको ज्यान गएको छ।

उत्तरप्रदेशको मिर्जापुरमा एउटै विद्यालयमा पढाउने दुई शिक्षक एउटै युवतीसँग प्रेममा पर्दा दुबैको ज्यान गएको हो।

दुई शिक्षक एउटै युवतीको प्रेममा परेपछि सुरुमा एकले अर्कालाई सम्झाउने काम गरे। तर, एकअर्कालाई सम्झाउन दुबैजना असफल भएपछि एक शिक्षकले सहकर्मीको हत्या गरी आफू पनि आत्महत्या गरे।

मंगलबार मिर्जापुरको विन्ध्याचल क्षेत्रको रपुरी गाउँमा शिक्षक सुरज पाण्डेको शव कुवामा भेटिएको थियो। प्रहरीले सुरजको हत्या उनको दुई सहकर्मीले घाँटी थिचेर गरेको खुलासा गरेको छ।

प्रहरीका अनुसार अनुसार मृतक सुरज, अनुज र रत्नेश सार्वजनिक विद्यालय कुराइठीमा निजी शिक्षक थिए। सुरज र अनुजबीच राम्रो मित्रता थियो। अनुज तीन वर्षदेखि एउटी केटीलाई माया गर्थे। पछिल्लो दुई महिनादेखि त्यही केटीले सुरजसँग पनि फोनमा कुरा गर्न थालेपछि समस्या उत्पन्न भएकाे हाे। जब अनुजलाई यो कुरा थाहा भयो उनले सुरजलाई सम्झाउन थाले। तर, सुरजले अनुजको कुरा वास्तै गरेनन्।

त्यसपछि अनुजले अर्का साथी रत्नेशसँग मिलेर फेब्रुअरी ११ मा सुरजलाई गलबन्दीले घाँटी अठ्याएर हत्या गरे र उनको शवलाई कुवामा फालिदिए। उनीहरुले सुरजको मोटरसाइकल पनि दुई किलोमिटर टाढा लगेर फालिदिए। त्यस्तै सुरजको हत्यापछि अनुजले पनि फेब्रुअरी १३ मा झुण्डिएर आत्महत्या गरे। प्रहरीले अनुसन्धानपछि हत्यामा संलग्न रत्नेशलाई पक्राउ गरेको छ भने सुरजको हराएको मोटरसाइकललाई पनि भेटाएको छ। अनुसन्धानपछि हत्यामा संलग्न रत्नेशलाई जेल चलान गरिएबको छ।

मिर्जापुरका एसपी धरमवीर सिंहले सूरज पाण्डे नाम गरेको व्यक्ति हराइरहेको उजुरी फेब्रअरी १२ मा विन्ध्याचल प्रहरी चौकीमा दर्ता भएको थियो। अनुसन्धानपछि सुरज, अनुज र रत्नेश एउटै विद्यालयमा पढाउने गरेको खुलेको थियो। दुवै शिक्षकहरु एउटै युवतीको प्रेममा परेपछि साथीहरु मिलेर उनीहरुबीच सम्झौता समेत गराएका थिए, जुन सफल हुन सकेन।

एसपी सिंहले दिएको जानकारी अनुसार फेब्रुअरी ११ मा सुरज आफ्नो काकाको छोरा मुरारीलाई भदोही भन्ने स्थानमा पु¥याउन गएका थिए। उनी भदोही गएको थाहा पाएका अनुजले बाटो कुरेर साथी रत्नेशसँग मिलेर उनको हत्या गरी शव कुवामा फालेका थिए। त्यसपछि उनीहरु सुरजको मोटरसाइकल चढेर केही परसम्म गएको र उनीहरुलाइृ मोटरसाइकलमा जाँदा केही स्थानीयहरुले देखेका थिए।

हत्याको आशंकामा प्रहरीले आफूहरुलाई खोजी गरिरहेको थाहा पाएपछि अनुजले पश्चताप व्यक्त गर्दै १३ फेब्रअरीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। अनुजको अत्महत्या लगत्तै पक्राउ परेका रत्नेशले हत्यार गरेको स्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad